काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा चितवनले कर्णालीलाई मध्यम लक्ष्य दिएको छ । तेस्रो जितको खोजीमा रहेको चितवनले कर्णालीलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको हो ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र १३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।
