एनपीएल : कर्णाली याक्सको पहिलो जित, चितवन ६ विकेटले पराजित

एनपीएल : कर्णाली याक्सको पहिलो जित, चितवन ६ विकेटले पराजित


  • 6.5K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 10.1K Views

    एनपीएल : कर्णाली याक्सको पहिलो जित, चितवन ६ विकेटले पराजित

    काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले तेस्रो खेलमा बल्ल जित निकालेको छ । चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।

    images

    चितवनले लिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । यसअघिका दुई खेल गुमाएको कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो ।


    कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले १३१ रनको लक्ष्य पछ्याएको थियो । उसले अन्तिम ओभरको ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


    तेस्रो आँखा