एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित

एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित


  • 4.7K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.3K Views

    एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित

    काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको हो ।

    images

    लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पोखरा एभेन्जर्सले १६।५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्‍यो । लुम्बिनी लायन्सको यो लगातार दोस्रो हार हो ।

    पोखराको जितमा अमेरिकी ब्याटर एन्ड्रिज गौसले शानदार शतक प्रहार गरे । उनले ५४ बलमा १०३ रनको आक्रामक इनिङ खेले । अर्का ओपनर दिनेश खरेलले शानदार अर्ध शतक प्रहार गरे । उनले ४० बलमा ६० रन बनाए । लुम्बिनी लायन्सका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । यो एनपिएलको सबै भन्दा ठुलो स्कोर हो ।

    रोहितले ५९ बलमा ९५ रनको आक्रामक कप्तानी पारि खेले । उनले १० चौका र ४ छक्का हिर्काए । टम मूर्सले ४५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । उनी रन जोड्ने क्रममा रन आउट भए ।

    सन्दीप जोराले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । आज पनि लुम्बिनीका ओपनरहरू चल्न सकेनन् । ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भए । बलिङमा पोखराका विपिन खत्रीले सर्वाधिक २ विकेट लिए । म्याट क्रिचले १ विकेट लिए ।


    तेस्रो आँखा