काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।
शनिवार लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित दर्ता गरेको हो ।
जितका लागि सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो ।
