एनपिएल : आज जनकपुर र लुम्बिनी तथा चितवन र सुदूरपश्चिम खेल्ने

एनपिएल : आज जनकपुर र लुम्बिनी तथा चितवन र सुदूरपश्चिम खेल्ने


  • 3.1K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    एनपिएल : आज जनकपुर र लुम्बिनी तथा चितवन र सुदूरपश्चिम खेल्ने

    काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको छ । आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनीबिच प्रतिस्पर्धा  हुन लागेको हो ।

    images

    जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्व रहेको छ । 

    दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।


    तेस्रो आँखा