एनपिएल : चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दियो

एनपिएल : चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दियो


  • 5.0K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.7K Views

    एनपिएल : चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दियो

    काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

    images


    टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोड्यो । चितवन राइनोजका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । सन्तोष कार्कीले ९ रनको योगदान दिए ।


    बिपीन रावलले १७ रन जोड्दा कप्तान कुशल मल्ल १९ रनमा आउट भए । रवि बोपाराले ३६ रनको योगदान दिए । जान निकोल लोफ्टी ईटन २ रन र अमरसिंह रौटेला ६ रनमा नट आउट रहे ।

    बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिजनले सर्वाधिक २ विकेट लिए । ब्रान्डन मक्मेलन र सैफ जैब र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।


    तेस्रो आँखा