एनपिएल : चितवन राइनोजको जित, सुदूरपश्चिम ३३ रनले पराजित

एनपिएल : चितवन राइनोजको जित, सुदूरपश्चिम ३३ रनले पराजित


  • 4.7K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    एनपिएल : चितवन राइनोजको जित, सुदूरपश्चिम ३३ रनले पराजित

    काठमाडौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

    images

    चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा १३१ रन बनाउँदा सवै विकेट गुमाएको हो । सुदूरपश्चिमका आज शिर्ष ब्याटर नै चलेनन् । इसान पाण्डेले ३५ रन, सेफ जैवले १८ रन, ब्राण्डनले १३ रन तथा दिलप्रीत बाजवाले १२ रन जोडे ।

    बलिङतर्फ चितवनका रिजन ढकाल, कुशल मल्ल, जान निकोल लोफ्टी(इटन र अमर रौटेलाले समान २ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

    साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

    सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।


    तेस्रो आँखा