आज वर्षा र हिमपातको सम्भावना

आज वर्षा र हिमपातको सम्भावना


  • 4.0K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.1K Views

    आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौं, २४ मंसिर । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ ।

    images

    मध्य र पूर्वी तराइका धेरै भू–भागमा हुस्सु लागेको छ । थोरै भू–भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक वा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    मंगलबार भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार पनि कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।


    तेस्रो आँखा