धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्

धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्


  • 6.5K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्

    धरान, फागुन २१। एपीएफकी पुस्पा भण्डारीले दशाैँ धरान रनमा निर्धारित १० किलोमिटर दूरी ३५ मिनेट २६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पारेकीछिन् । उनले यसअघिको धरान रनको रेकर्ड समेत तोड्न सफल भइन । यसअघि धरान रनको रेकर्ड एपीएफकै कान्छीमाया कोजुको नाममा थियोे । कान्छीमायाले साताैँ संस्करणमा निर्धारित दुरी ४१ मिनेट १४ सेकेन्डमा पार गरेकी थिइन् ।

    images

    आज पुस्पाले निर्धारित दूरी ३५ मिनेट २६ सेकेन्डमा पूरा गरेर कान्छीमायाको रेकर्ड तोडेर आफ्नो नाम लेखाउन सफल भएको धरान रनका सन्तोष राईले जानकारी दिए । धरान रन महिलातर्फ एपीएफकै फुलमती रानाले रजत पदक जितेकी छन् । उनले निर्धारित दूरी ३८ मिनेट ४० सेकेन्डमा पूरा गरिन् । त्यसैगरी बेलायतकी हना हकारसले ४१.१४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै काश्य पदक हात पारेकी छन् ।


    तेस्रो आँखा