एनपिएल : आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखराबिच खेल हुने

एनपिएल : आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखराबिच खेल हुने


  • 2.5K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.8K Views

    एनपिएल : आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखराबिच खेल हुने

    काठमाडौँ, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) आज  दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच खेल हुनेछ ।

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे सुरु हुने पहिलोे खेलमा लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । यो टिम चारवटै खेलमा हार बेहोर्दै लुम्बिनी अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । प्लेअपको सम्भावना कायमै राख्न पनि लुम्बिनी आजको खेल जित्नैपर्ने दबाबमा छ । 

    चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

    दिउसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । 

    अंकतालिकामा पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । 

    आइतबारसम्म १५ खेल सम्पन्न भएका छन्। यही मङ्सिर १५ गतेदेखि सुरू भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। उसले चार खेलबाट आठ अंक जोडेको छ।


    तेस्रो आँखा