तुलसीपुरमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया

तुलसीपुरमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया


  • 3.8K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.9K Views

    तुलसीपुरमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया

    तुलसीपुर, २५ मंसिर । तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आर्थिक, सामाजिक तथा उद्यमशिलता क्षेत्रमा महिला सहभागिताको सवाल विषयक कार्यक्रम सम्पन्न भएको छ । ग्रिन फाउण्डेशन नेपाल दाङको आयोजनामा मंगलबार तुलसीपुरमा भएको कार्यक्रम स्थानीय वन महासंघकी सचिव रक्षा काफ्लेको अध्यक्षता तथा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको हो । 

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले लिंगका आधारमा गरिने विभेद नै लैंगिक हिंसा रहेको बताउँदै सबैभन्दा पहिले आफूबाट सुरु गरी परिवार, समाजमा लैंगिक हिंसा अन्त्यका लागि आवाज उठाउनु पर्ने बताउनु भयो । उहाँले मान्छे लिंगकै आधारमा हिंसामा परेको बताउनु भयो । ‘छोराको खोजी गर्न सयौं, हजारौं छोरीहरु गर्भबाटै हराउनु भएको छ’ उहाँले भन्नुभयो ‘गर्भमा छोरा होस् या छोरी त्यो मेरो सन्तान हो भन्ने बुझ्नु पर्छ ।’ साथै उहाँले लैंगिक हिंसा अन्त्यका लागि उद्यामशिलतामा जोड दिन आग्रह गर्नुभयो ।

    ghanashyam pande.jpg

    उक्त अवसरमा पाण्डेले लैंगिक हिंसामुक्त पालिका बनाउन बृहत्तर छलफल गरी टुङ्गोमा पुग्न आग्रह गर्नु भयो । तुलसीपुरलाई मानव अधिकार रक्षाका लागि नेपालको नमुना नगरका रुपमा  लैंगिक हिंसाका विरुद्ध आर्थिक, सामाजिक तथा उद्याशिलता विकासको नमुना नगर बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । 

    कार्यक्रममा तुलसीपुर वडा नम्बर ३ की वडा सदस्य डिलमाया नेपालीले लैंगिक हिंसामा महिला मात्र नभइ पुरुष पनि हिंसामा परेको बताउनु भयो । विशेषतः महिलाले महिला माथिनै हिंसा गरेको उल्लेख गर्नु भयो । ‘एउटा बन्द कोठामा मात्र लैंगिक हिंसा विरुद्धको अभियान चलाउनु भन्दा ग्रामिण समाजमा पुरुष र महिलाको सहभागितामा यस्तो अभियान चलाए मात्र लैंगिक हिंसा न्युनीकरण हुन्छ’ उहाँले भन्नुभयो । 

    ddd.jpg

    हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले कार्यक्रमबारे प्रकाश पार्दै लैंगिक हिंसा अन्त्यका लागि महिला र पुरुषबीच छलफल गरी हिंसामुक्त समाज बनाउन जरुरी रहेको बताउनु भयो । घरमा मात्र नभई समाजमा भएको हिंसा अन्तय गर्न सबै लाग्नु पर्ने उहाँको भनाइ थियो । 

    त्यस्तैगरी कार्यक्रममा तुलसीपुर नगर युवा सञ्जालकी सचिव प्रेरणा परियारले सरकारले महिला सहभागिताको अवसर दिए पनि पूर्णरुपमा सहभागिता नभएको बताउनु भयो । ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक विकासमा सक्रिय बनाउन जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै तुलसीपुर नगर युवा सञ्जालकी सदस्य   रेजिना मियाले महिलामाथि हिंसा भएपछि सम्बन्धित निकायमा पुगे पनि आवश्यक करबाही नगरी सामान्य रुपमा लिंदा महिला हिंसा न्युनीकरण हुन नसकेको बताउनु भयो । 

    ddddd.jpg

    कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष भागिराम चौधरी, तुलसी अचार उद्योगकी तुलसा भुसाल, एफोन लुम्बिनी प्रदेशका अध्यक्ष पदम केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, तुलसीपुर सामाजिक विकास केन्द्रका शुभम देवकोटालगायतकाले बोल्नु भएको थियो । उक्त अवसरमा जनप्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, टोलका अगुवा, महिला उद्यमीहरुको सहभागिता रहेको थियो । 

    ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णु बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फाउण्डेशनका कर्मचारी दिपक परियारले गर्नुभएको थियो ।  

    dw.jpg


    तेस्रो आँखा