एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य दियो

एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य दियो


  • 2.1K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.2K Views

    एनपीएल : सुदूरपश्चिमले जनकपुरलाई १२४ रनको लक्ष्य दियो

    काठमाडौं २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।

    images

    सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई/दुई तथा हर्श ठाकरले एक विकेट लिए ।

     


    तेस्रो आँखा