एनपीएल : जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्सको शानदार जित

एनपीएल : जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्सको शानदार जित


  • 2.7K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    एनपीएल : जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्सको शानदार जित

    काठमाडौं २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्समा सुदूरपश्चिम रोयल्सले शानदार जित निकालेको छ ।

    images

    बुधवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको हो । जितका लागि १ सय २४ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्स १२।१ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटियो ।

    सुदूरपश्चिमको जितमा ईशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, हरमित सिंहले कसिलो बलिङ गरे । पाण्डे, ऐरी र सिंहले समान २–२ विकेट लिए । सैफ जैब, नरेन साउँद र स्कट कुग्गेलिजनले समान १–१ विकेट लिए ।

    ब्याटिङमा भने जनकपुरका कुनै ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । जोशुआ ट्रम्पले १३ रन नै जनकपुरका ब्याटरले बनाएको उच्च स्कोर हो । अन्य ब्याटरले १० रन पनि बनाउन सकेनन् । ओपनर अनिल शाह शून्य रनमा आउट हुँदा आशिफ शेख पनि ४ रनमा आउट भए ।

    लाहिरु मिलन्थाले ७ रनको योगदान दिए । हर्ष थाकेर ५ रनमा रन आउट हुँदा जिमी निशम ४ रनमा बोल्ड आउट भए । शुभ कंसाकार शून्य रनमा क्याच आउट भए । अरनिको यादवले १ रन बनाए भने शेर मल्ल शून्यमा आउट भए । ललित राजवंशीले ४ रन बनाएर आउट हुँदा किशोर महतो शून्य रनमा नट आउट रहे ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । ईशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    जनकपुरका लागि किशोर महतोले ३४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।


    तेस्रो आँखा