काठमाडौं २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी खेलमा ब्याटिङ नचलेपछि काठमान्डु सस्तैमा समेटिएको हो । काठमान्डु १०३ रनमै अलआउट भएको हो । काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे ।
काठमान्डुका लागि भीम सार्कीले ३१ रन बनाए । यो नै काठमान्डुको सर्वाधिक स्कोर हो । ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे । काठमान्डुका साहव आलमले ५ बलमा ८ रन बनाए ।
