लुम्बिनी लायन्स एनपीएलबाट बाहिरियो

लुम्बिनी लायन्स एनपीएलबाट बाहिरियो


  • 3.1K
    SHARES
    • मंसिर २६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.8K Views

    लुम्बिनी लायन्स एनपीएलबाट बाहिरियो

    काठमाडौं २६ मंसिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।

    images

    बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।

    काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।

     


    तेस्रो आँखा