खप्तड गोल्डकपः फ्रेन्ड्सले क्यामरुनको एभेनिरको सामना गर्दै 

खप्तड गोल्डकपः फ्रेन्ड्सले क्यामरुनको एभेनिरको सामना गर्दै 


  • 8.4K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    खप्तड गोल्डकपः फ्रेन्ड्सले क्यामरुनको एभेनिरको सामना गर्दै 

    काठमाडौं, २२ फागुन । पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज आइतबार फ्रेन्ड्स क्लबले क्यामरुनको एभेनिर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

    images

    धनगढी रंगशालामा हुने यी दुई टोलीबीचको खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ । 

    ए डिभिजन क्लब फ्रेन्ड्स आज क्यामरुनी टोलीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ भने क्यामरुनको एभेनिर पनि फ्रेन्ड्सलाई हराएर अर्कौ चरणमा पुग्ने दाउमा रहेने छ । 

    आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

    सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खप्तड गोल्डकप

  • तेस्रो आँखा
    लेखकबाट थप