एनपिएल : आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्ने

एनपिएल : आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्ने


  • 2.1K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    एनपिएल : आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्ने

    काठमाडौं, २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दुई खेल हुँदैछ। बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन् भने दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । 

    images

    पोखरा र विराटनगर दुवै टोली अंकतालिकाको पुछारमा छन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन।

    विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो। अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ। पोखरा चितवन, जनकपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई  जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।

    बिहीबार हुने दोस्रो खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।

    चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ। काठमाडौंले कर्णाली र लुम्बिनीलाई हराउँदा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो। अब उसले आजको खेलपछि पोखरा र विराटनगरसँग खेल्नेछ।

    पाँच खेलमा ४ खेल जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। उसले विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई हराउँदा सुदूरपश्चिमसँग पराजित भएको थियो। लिगमा उसले चितवनसँग खेल्न बाँकी छ।

    विराटनगरमा सन्दीप लामिछाने, पोखरामा कुशल भूर्तेल, काठमाडौंमा करण केसी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्।


    तेस्रो आँखा