काठमाडौं २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्स र पोखरा एभेन्जर्सको खेल सुपर ओभरमा गएको छ। लिगमा पहिलोपटक खेल सुपर ओभरमा गएको हो । टस जितेर ब्याटिङमा उत्रिएको विरानगरले ७ विकेट गुमाउँदै १३९ रन बनायो ।
विराटनगरका लागि स्कट एडवार्ड्स ४५, लोकेश बम २६, निकोलश किर्तन १९, क्रिश सोल ७, मार्टिन गुप्टिल ५, नरेश भट्ट र दिपक बोहरा ४ रन बनाए। बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे । पोखराका लागि सागर ढकाल र रेमन रेफर समान दुई र कुशल भुर्तेल, दिनेश खरेलले समान एक एक विकेट लिए ।
१४० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको पोखराका लागि आन्द्रेश गोस ३९, कप्तान भुर्तेल ३१, दिनेश खरेल र माइकल लिस्क समान ११/११ , जेन मलिक ४, ट्रिट दास शून्यमा आउट भए। विराटनगरका लागि प्रतिश जिसी चार विकेट, क्रिश सोल दुई विकेट लिए ।
रेमनले ३४ र नारायण जोशी २ मा अविजित रहे । अन्तिम ओभरको अन्तिम बलमा पोखरालाई जितका लागि ७ रन चाहिएको थियो तर रेमनले छक्का हानेपछि पोखराको १३९ नै रन बन्यो । यसअघि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो भने विराटनगरले लुम्बिनी लयान्सलाई दुई विकेटको जित निकालेको थियो ।
