सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो


  • 2.0K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

    काठमाडौं २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेको छ ।

    images

    सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १८ रनको योगफल बनायो । उक्त लक्ष्य पछ्याएको विराटनगर किङ्सले ६ बलमा ५ रन मात्रै जोड्न सक्यो । यससँगै पोखराले सुपर ओभरमा विराटनगरमाथि १३ रनको जित निकाल्यो ।

    सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको पोखराका रेमन राइफरले शानदार प्रदर्शन गरे । उनले विराटनगरका सन्दीप लामिछानेको पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बल डट राखे पनि सन्दीपले चौथो बलमा ४ रन दिए । त्यसपछि पाँचौँ र छैटौँ बलमा १–१ रन दिए । सन्दीपले ६ बलमा १८ रन खर्चिएका थिए ।

    १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै जोड्न सक्यो । मार्टिन गप्टिल र निकोलस किर्तन रेमन राइफरको बलिङसामु निरीह बने ।


    तेस्रो आँखा