ताइवानमा विदेशी हस्तक्षेप र पृथकतावादी गतिविधि अमान्यः चीन

ताइवानमा विदेशी हस्तक्षेप र पृथकतावादी गतिविधि अमान्यः चीन


  • 8.1K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    ताइवानमा विदेशी हस्तक्षेप र पृथकतावादी गतिविधि अमान्यः चीन

    एजेन्सी, २२ फागुन। चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ।

    images

    सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो। तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ।

    चीनको संसदको वार्षिक वैठकलाइ सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङ एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताए। एक चीन नीतिअनुसार ताइवान चीनको एउटा महत्वपूर्ण अंश भएको उनले बताए।

    ‘हामी ताइवान स्ट्रेटमा शान्तिपूर्ण सम्बन्धको विकास र चीनको पुनर्मिलनलाई अगाडि बढाउनेछौं’, प्रधानमन्त्री लीले भने, ‘स्वतन्त्र ताइवान चाहने जुनसुकै विखन्डकारी गतिविधि र विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छों। ’

    उनले अगाडि थपे, ‘ताइवान स्ट्रेटको दुबै छेउमा रहेका चिनियाँहरू हामी सबै चीनकोे महान र गौरवपूर्ण उद्देश्यलाई अगाडि बढाउन एकजुट हुनुपर्छ। ’


    तेस्रो आँखा