एनपीएल : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुने

एनपीएल : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुने


  • 2.1K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    एनपीएल : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुने

    काठमाडौँ, २८ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा प्लेअफबाट बाहिरिसकेको टिम लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

    images

    यसअघि ६ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ ।

    सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ ।

    दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित विराटनगर किंग्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

    पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । 

    यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । तालिकाको तेस्रो स्थानमा आसीन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।


    तेस्रो आँखा