एनपिएल : कर्णालीले लुम्बिनीलाई १२९ रनको लक्ष्य दियो

एनपिएल : कर्णालीले लुम्बिनीलाई १२९ रनको लक्ष्य दियो


  • 5.6K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.5K Views

    एनपिएल : कर्णालीले लुम्बिनीलाई १२९ रनको लक्ष्य दियो

    काठमाडौं, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १ सय २९ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन जोड्यो ।

    कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ रन बनाए । उनले १ छक्का र २ चौका हिर्काए ।

    ओपनर बाबर हयातले २० रन जोडे भने चाडविक वाल्टनले १३ रनको योगदान दिए । कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनालले ३, गुलशन झाले ८, सोमपाल कामीले ७ र जिशान मकसूदले १ रन बनाए ।

    बलिङमा भने लुम्बिनी लायन्सका विकास अग्रीले सर्वाधिक ३ विकेट लिए । तिलकराज भण्डारीले २ विकेट लिए । रामोन सिमन्ड्स, साद बिन जफर र कप्तान रोहित पौडेलले समान १–१२ विकेट लिए ।

    प्लेअफ होडबाट बाहिर सकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दै छ । कर्णाली भने पाँच खेलबाट ६ अङ्क जोडेको तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा कर्णालीले तीन खेलमा जित र दुईमा हार बेहोरेको छ ।

     


    तेस्रो आँखा