• ट्रेण्डिङ्ग :
भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ


  • 2.9K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.5K Views

    भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ

    काठमाडौं, २८ मंसिर । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । उनलाई हैदरावाद प्रहरीले पक्राउ गरेको हो ।

    images

    उनको फिल्म ‘पुष्पा–२’ सिनेमा हलमा प्रदर्शनका क्रममा भाग दौड हुँदा एक महिलाको मृत्यु भएपछि उनी विरुद्ध जाहेरी दर्ता भएको थियो ।

    फिल्म ‘पुष्पा २’ रिलिजको पूर्व सन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन् ।

    रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानमा भाग दौड मच्चिएको थियो ।

    भाग दौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा