आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो


  • 2.2K
    SHARES
    • मंसिर २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

    तनहुँ, २९ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित  बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई  चितुवा देखिएको थियो । 

    images

    बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिनुभयो । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो । 

    उहाँले भन्नुभयो, “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।रासस  


    तेस्रो आँखा