एनपिएल : चितवनले जनकपुरलाई  १८१ रनको लक्ष्य दियो

एनपिएल : चितवनले जनकपुरलाई  १८१ रनको लक्ष्य दियो


  • 2.2K
    SHARES
    • मंसिर २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    एनपिएल : चितवनले जनकपुरलाई  १८१ रनको लक्ष्य दियो

    काठमाडौँ, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू जितका लागि एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।

    यसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।

    जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एकरएक विकेट लिए ।


    तेस्रो आँखा