एनपीएल : आज काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिमबिच प्रतिस्पर्धा

एनपीएल : आज काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिमबिच प्रतिस्पर्धा


  • 3.4K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    एनपीएल : आज काठमाडौं र विराटनगर तथा पोखरा र सुदूरपश्चिमबिच प्रतिस्पर्धा

    काठमाडौं, ३० मंसिर । मंसिर १५ गतेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० जारी छ । यसैबीच आज दुई खेल हुँदैछन् ।

    images


    जसमा पहिलो खेल बिहान ९ बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । 

    यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । प्लेअपमा पुग्न आजको खेल जित्नै पर्ने दबाब काठमाडौंलाई छ । विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ ।

    विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएका छन् । समान ६ खेलबाट समान ४ अंक जोड्दै क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । शनिबार भएको जितसँगै चितवनले ८ अंक जोडेसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् । आजको अन्तिम खेलमा जित निकाले पनि दुवैको ८ अंक पुग्न सक्दैन । अब चितवन, सुदुरपश्चिम, कर्णाली र काठमाडौंमध्ये ३ टोली प्लेअफमा पुग्नेछन् । 

    सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।


    तेस्रो आँखा