• ट्रेण्डिङ्ग :
नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु


  • 5.1K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.9K Views

    नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

    काठमाडौं, ३० मंसिर । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । 

    images

    अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा।डा। राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । 

    मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ । 

    यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा। झाले बताउनु भएको छ । यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उहाँको भनाइ छ । 

    मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा. झाले बताउनुभयो ।  ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा झाले भन्नुभयो । 


    तेस्रो आँखा