एनपिएल : सुदूरपश्चिमले पोखरालाई १ सय ५४ रनको लक्ष्य दियो

एनपिएल : सुदूरपश्चिमले पोखरालाई १ सय ५४ रनको लक्ष्य दियो


  • 2.2K
    SHARES
    • मंसिर ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    एनपिएल : सुदूरपश्चिमले पोखरालाई १ सय ५४ रनको लक्ष्य दियो

    काठमाडौं, ३० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो ।

    सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । विनोद भण्डारी १४ रन जोड्दै आउट भए । हर्मित सिंहले १३ रनको योगदान दिए । सैफ जैबले ९ रन जोडे । इशान पाण्डे १० रन बनाउँदै रिटार्यट आउट भए ।

    स्कट कुग्गेलिजनले २ रन थपे भने नरेश बुढायर ६ रनमा नट आउट रहे । बलिङमा भने पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १–१ विकेट लिए ।


    तेस्रो आँखा