एनपिएल : कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दियो

एनपिएल : कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दियो


  • 2.4K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    एनपिएल : कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दियो

    काठमाडौं १ पुस । कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली २० ओभरमा १०१ रनमै अलआउट भयो ।  कर्णालीका लागि जीशन मक्सुदले सबैभन्दा बढी ३० रन जोडे । उनले ३५ बलमा ४ चौका प्रहार गरे । 

    विलियम बासिस्टोले १६ रन, चाडविक वाल्टन र सोमपाल कामीले ११/११ रन र बाबर हायतले १३ रन जोडे । कर्णालीका ब्याटरलाई चल्न नदिन सुदूरपश्चिमका हरमित सिंहले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले २/२ विकेट लिए । 

    सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ । आजको जितले उसको शीर्ष दुई स्थान पक्का हुनेछ । यता कर्णालीले ठूलो अन्तरले पराजित भए मात्र बाहिरिने अवस्थामा छ । कर्णाली बाहिरिए काठमाडौं गुर्खाजले प्लेअफमा पुग्नेछ ।


    तेस्रो आँखा