एनपिएल : सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्यो

एनपिएल : सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्यो


  • 2.4K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    एनपिएल : सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्यो

    काठमाडौं, १ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ । जितका लागि कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

    images

    सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं गुर्खाज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो ।

    तर, सुदूरपश्चिमले १२।२ ओभरमा तीन विकेट गुमाएर ७२ रन मात्रै बनाएपछि कर्णाली रनरेटमा माथि रहँदै प्लेअफमा पुग्न सफल भएको हो । योसँगै एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ ।


    तेस्रो आँखा