• ट्रेण्डिङ्ग :
चर्च ब्वाईजको लगातार दोस्रो जित 

चर्च ब्वाईजको लगातार दोस्रो जित 


  • 6.9K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    चर्च ब्वाईजको लगातार दोस्रो जित 

    काठमाडौं, २२ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत चर्च ब्वाईज युनाईटेडले लगातार दोस्रो जित हात पारेको छ । 

    images

    एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको खेलमा खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै चर्च ब्वाईजले दोस्रो जित दर्ता गरेको हो । 

    चर्च ब्वाईजको जितमा दुबै गोल आशिष चापागाईले गरे । 

    पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए । 

    चर्च ब्वाईजका लागी दोस्रो गोल आशिषले ७१ औं मिनेटमा गरेका थिए ।

    दुबै गोल गरेका आशिष म्यान अफ द म्याच घोषित भए ।

    जितसँगै ६ अंक जोडेको चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

    यता दुई खेलबाट समान ६ अंक जोडेको श्री भवगती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ । 

  • सम्बन्धित विषय:

  • # बी डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप