तुलसीपुरमा श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान पक्राउ

तुलसीपुरमा श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान पक्राउ


  • 7.9K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 12.2K Views

    तुलसीपुरमा श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान पक्राउ

    तुलसीपुर ३ पुस । तुलसीपुरमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बुधबार बिहान १० बजेको समयमा तुलसीपुर उपहानगरपालिका वडा नं. २ भमके निवासी २९ वर्षीय चित्रबहादुर बुढाथोकीले दाउरा प्रहार गरी ३२ वर्षीया श्रीमती हस्तीकुमारी बुढाथोकीको हत्या गरेका हुन् ।

    images

    श्रीमानको दाउरा प्रहारबाट हस्तीको घटना स्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरी श्रीमान फारार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चित्रबहादुरलाई सवा ११ बजेको समयमा पक्राउ गरेको हो ।

    उनलाई तुलसीपुर ७ कारागार नजिकैबाट भाग्दै गर्दा पक्राउ गरेको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भई रहेको छ । 


    तेस्रो आँखा