दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै

दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै


  • 2.7K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै

    काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मध्यान्ह १२ बजे सुरु हुनेछ ।

    images

    पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

    कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए । यसअघि समूह चरणमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हराएको थियो ।

    एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


    तेस्रो आँखा