लुम्बिनी प्रदेश र तुलसीपुर बजारको भविष्य टरिगाउँ एयरपोर्ट हो : पूर्वमन्त्री मास्की

लुम्बिनी प्रदेश र तुलसीपुर बजारको भविष्य टरिगाउँ एयरपोर्ट हो : पूर्वमन्त्री मास्की


  • 4.3K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    लुम्बिनी प्रदेश र तुलसीपुर बजारको भविष्य टरिगाउँ एयरपोर्ट  हो : पूर्वमन्त्री मास्की

    तुलसीपुर, ४ पुस । लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री एवं लुम्बिनी प्रदेश सभासदस्य धन बहादुर मास्कीले लुम्बिनी प्रदेश र तुलसीपुर बजारको भविष्यको रुपमा टरिगाउँ एयरपोर्ट भएको बताउनु भएको छ । नेपाल प्रेस सेन्टर तुलसीपुर शाखाको दोस्रो अधिवेशनको अवसरमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    images

    तुलसीपुर बजार पश्चिमी नेपालको  व्यापारीक केन्द्र भएकाले यसमा एयरपोर्टले ठुलो भूमिका खेल्ने बताउनु भयो । तुलसीपुरलाई व्यवस्थित सहरको रुपमा विकास गर्न तथा बजारको स्तरोन्नती गर्नका लागि दाङमा प्रदेशको राजधानी भएकाले यहाँको पहिलो प्राथमिकतामा एयरर्पोट परेको मास्कीको भनाइ थियो ।

    २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टअहिलेसम्म अलपत्र अवस्थामा छ, उहाँले भन्नुभयो-तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको स्तरोन्नती गराउदा लुम्बिनी प्रदेशको राजधानी व्यवस्थित तथा तुलसीपुर सहरको भविष्य राम्रो हुनेछ, । तुलसीपुर बजारमा रहेको टरिगाउँ एयरर्पोटमा राजनीति नगरि सबै राजनीतिक दलहरुको सयुक्त पहलबाट अगाडि बढेमा टरिगाउँ एयरपोर्टको स्तर बृद्धि गर्न सम्भव रहेको उहाँले बताउनु भयो । नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा आफू अर्थमन्त्री भएको हैसियतले २०८१/८२ को बजेट विनियोजित गर्ने क्रममा पश्चिमी दाङबाट तुलसीपुरमा रहेको टरिगाउँ एयरर्पोटको लागि बजेट माग गरिएको एजेन्डा अहिले पनि अर्थमन्त्रालयमा सुरक्षित रहेको पूर्वमन्त्री मास्कीले बताउनु भयो ।

    टरिगाउँ एयरपोर्टको निम्ति बजेट विनियोजित गर्नुपर्छ, भनि अर्थमन्त्रीसंग बारबार संवाद गरिरहदा तुलसीपुरसहित अन्य ४ वटा यएरर्पोटका लागि बजेट विनियोजन भएको कुरा पुर्वमन्त्री मास्कीले जानकारी दिनुभयो । उहाँले विनियोजन भएको बजेटलाई सांसद, नेता र अहिलेको सरकारले परिचालन गर्ने कुरामा आफु विस्वस्त रहेको बताउनु भयो । लुम्बिनी प्रदेश आफैमा एउटा इतिहास बोकेको प्रदेश हो, जुन प्रदेशमा भगवान गौतमबुद्वको जन्म भयो, जसको नाममा प्रदेशको नामाकरण गरेका छौं, उहाँले भन्नुभयो-लुम्बिनी प्रदेशको राजधानी पनि दाङमा स्थापना गरेका छौं यो गर्भको विषय हो ।

    साथै उहाँले तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पाललाई बिशेषज्ञ सेवा दिने गरि ८ सयबेडको बनाउनका लागि करिब ८ अर्वको बजेट विनियोजन गरि अस्पतालको स्तरोन्नती गर्नमा प्रदेश सरकार लाग्ने बताउनु भयो । त्यस्तै सुकौराकोटमा रहेको थारु राजाको दरबारलाई सुरक्षित एवं संरक्षण गरि दाङको पर्टकिय स्थलका रुपमा विस्तार गर्नुपर्ने पूर्वमन्त्री मास्कीले बताउनु भयो ।


    रुपा थापा
    लेखकबाट थप