लुम्बिनी, ४ पुस । ३७ इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सो मुर्ति हस्तान्तरण गर्नुभएको हो ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहित सहभागीहरुले श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै बुद्ध नेपालमा जन्मिएको सन्देशसहितका प्लेकार्ड र बाजा गाजासहितको केही समय र्याली आयोजना गर्नुभएको थियो । नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाद्धारा बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजापाठ गर्नुभएको हो।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईलगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधीर शाक्य, अनन्तराज पौडेल, दीपक आचार्यले सहयोगका लागि लुम्बिनी–कपिलवस्तु विश्व अभियानलाई धन्यवाद दिँदै संयोजक श्रेष्ठलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
लुम्बिनी–कपिलवस्तु विश्व अभियान नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व।धर्मबहादुर शाक्यले बुद्ध जन्मस्थल विषयमा सृर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने उद्देश्यले सो अभियानमार्फत बुद्धलाई स्थापित गर्ने थालनी गर्नुभएको थियो ।
