त्रिवि क्रिकेट मैदानलाई स्तरीय बनाउन बोलपत्र आह्वान

त्रिवि क्रिकेट मैदानलाई स्तरीय बनाउन बोलपत्र आह्वान


  • 2.7K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    त्रिवि क्रिकेट मैदानलाई स्तरीय बनाउन बोलपत्र आह्वान

    काठमाडौं, ५ पुस । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ ।

    images

    शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो ।

    कार्यालयले आगामी वैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ ।

    बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म छ । सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । मन्त्रिपरिषद्को २०८१ असार ३१ गते बसेको बैठकले त्रिवि क्रिकेट रङ्गशालामा प्यारापिट तथा फ्लडलाइट जडान ३०० दिन भित्र गर्ने निर्णय गरेको थियो ।

    tu_mk.jpg


    तेस्रो आँखा