खप्तड गोल्डकपः सुदुरपश्चिम–११ ले हिमालयन शेर्पाको सामना गर्दै 

खप्तड गोल्डकपः सुदुरपश्चिम–११ ले हिमालयन शेर्पाको सामना गर्दै 


  • 10.7K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    खप्तड गोल्डकपः सुदुरपश्चिम–११ ले हिमालयन शेर्पाको सामना गर्दै 

    काठमाडाैं, २३ फागुन । पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सोमबार सुदुरपश्चिम–११ ले हिमालयन शेर्पाको सामना गर्दै छ । 

    images

    धनगढी रंगशालमा हुने क्वाटरफाइनल खेलमा सुदुरपश्चिम–११ फुटबल क्लबले ए डिभिजन क्बल हिमालयन शेर्पा क्लबको सामना गर्ने भएको हो । यी दुई टोली बीचको खेल दिउँसो तीन सुरु हुने छ । 

    आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

    हिमालयनले जन जागृति युवा क्लबलाई चार शुन्यले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । आयोजकले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

    आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

    सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # खप्तड गोल्डकप

  • तेस्रो आँखा
    लेखकबाट थप