काठमाडौं ५ पुस । एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
यससँगै नेपालको महिला एसिया कपको यात्रा सकिएको छ । नेपाल आज विजयी भएको भए फाइनलमा प्रवेश गर्थ्यौ । तर, बङ्गलादेशसँग ९ विकेटले पराजित भयो । जितका लागि ५५ रनको सामान्य लक्ष्य पाएको बङ्गलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
