बाजुराको पाण्डवगुफा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुराको पाण्डवगुफा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प


  • 5.9K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 9.0K Views

    बाजुराको पाण्डवगुफा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

    काठमाडौं, ६ पुस । शनिबार बिहान बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पाण्डवगुफा गाउँपालिका क्षेत्रको केन्द्रबिन्दु बनाउँदै ४:१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

    images

    यस भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पले मानवीय क्षति भएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  

    सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदै छ । उनले भने–हामी बिहानैदेखि क्षतिको विवरण लिइरहेका छौँ । यस कार्यमा सबै पालिकाका वडाध्यक्षसँग सहयोग मागिएको छ । प्रारम्भिक विवरण अनुसार मानवीय क्षतिको कुनै जानकारी आएको छैन । भौतिक संरचनाका क्षतिबारे विवरण सङ्कलन भइरहेको छ । 


    तेस्रो आँखा