एनपिएल : सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

एनपिएल : सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै


  • 2.4K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.6K Views

    एनपिएल : सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

    काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपिएलको फाइनल खेल हेर्न करिव २० हजार दर्शक कीर्तिपुर पुगेका छन् ।

    दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । यसअघिका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

    नेपाल क्रिकेट सङ्घ९क्यान० ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । 

    यस्तै उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार पाउनेछ । 


    तेस्रो आँखा