कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?

कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?


  • 11.7K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 18.0K Views

    कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?

    एजेन्सी, २३ फागुन । युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् । 

    images

    बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो । बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो । 

    ‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ ‘प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन् ।’

    ‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाई छ । रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले युक्रेनमा सर्वसाधारणमाथि जानी जानी हमला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप