काठमाडौं ८ पुस । भक्तपुरमा बाबु छोरा मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान सूर्यविनायक नगरपालिका २ बालकोटमा बाबुछोरा सुतेको स्थानमा मृत भेटिएका हुन् ।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन् । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका- १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ ।
दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो । कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो । प्रहरीका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ।
