एजेन्सी, २३ फागुन। किभ–सर्वसाधारण नागरिकहरुलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरहरुमा युद्धविराम घोषणा गरेको छ।
रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा युद्धविराम घोषणा गरेको हो।
मारिओपोलमा सरकारले गरेका युद्धबिरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धबिराम घोषणा गरेको हो।
जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरुमा मानवीय कोरिडरहरु खुला गर्ने भएको इन्टरफ्याक्स समाचार सस्थाले जनाएको छ।
