श्रीलंकाकाे नेभीमाथि नेपालको जित

श्रीलंकाकाे नेभीमाथि नेपालको जित


  • 7.9K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    श्रीलंकाकाे नेभीमाथि नेपालको जित

    काठमाडौं, २३ फागुन। श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई पराजित गरेको छ । 

    images

    ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई एक सय ११ रनले पराजित गरेको हो ।   

    नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमबल पाँच ओभरमा अलआउट हुदै एक सय तीन रनमा सिमित भयो । 

    श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे । 

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । 

    ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए ।

    सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे । 

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल एक ओभरमा अलआउट हुदै दुई सय १४ रन जोड्यो ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । 

    आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन जोडे ।

    श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे ।

    आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

    श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग चार अभ्यास खेल खेल्ने छन्  ।

    नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध मंगलबार खेल्नेछ । 

    नेपालले तेस्रो खेल बिहीबार श्रीलंका पुलिस र चौथों खेल शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छन् ।

    नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

    युएईमा हुने सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

    नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

    नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

    नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  

    नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

    नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप