कुशल मल्लले आईएल टी२० खेल्ने

कुशल मल्लले आईएल टी२० खेल्ने


  • 3.4K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.2K Views

    कुशल मल्लले आईएल टी२० खेल्ने

    काठमाडौं ९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग (आईएल) टी २० खेल्ने भएका छन् ।

    images

    उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो। मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ ।

    कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए । प्रतियोगिता जनवरी ११ बाट युएईको आबु धावी र दुबईमा हुनेछ ।


    तेस्रो आँखा