राष्ट्रपति पौडेलद्वारा ‘क्रिसमस डे’ को शुभकामना

राष्ट्रपति पौडेलद्वारा ‘क्रिसमस डे’ को शुभकामना


  • 3.8K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.8K Views

    राष्ट्रपति पौडेलद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    काठमाडौँ, ९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीहरूलाई क्रिसमस डे, २०२४ को शुभकामना दिनु भएको छ । मंगलबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त शुभकामना दिइएको हो ।

    images

    विज्ञप्तिमा इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि भन्दै शुभकामना व्यक्त गरिएको छ ।

    इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्व मनाउने गरिएको छ ।

    ‘क्रिसमस डे’ जस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्‌भाव,सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको उहाँले जानकारी दिनुभयो ।

    इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उहाँले कामना व्यक्त गर्नुभएको छ ।


    तेस्रो आँखा