अध्यक्ष कप फुटबलको उपाधी कचिली एले जित्यो

अध्यक्ष कप फुटबलको उपाधी कचिली एले जित्यो


  • 2.8K
    SHARES
    • पौष ९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    अध्यक्ष कप फुटबलको उपाधी कचिली एले जित्यो

    तुलसीपुर, ९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम एले जितेको छ । 

    images

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिमलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली एले उपाधी जितेको हो । IMG-20241224-WA0014.jpg

    उपाधीसँगै उसले नगद नगद ५५  हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो । फाईनलमा सम्माजनक हार ब्यहोरेको कपडादेवी उपबिजेतामा सीमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगिताको तृतीय स्थान हासिल गरेको टरिगाउँ फुटबल टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा हात पार्‍यो ।

    ५ दिनसम्म संचालित प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृष्ट खेलाडी कचिली एका मनराज बुढामगर, सर्वाधिक गोलकर्ता कचिली एका सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक कचिली एकै नारायण बुढाथोकी भए । उत्कृष्ट तिनै जनालाई ट्रफी प्रदान गरिएको थियो ।

    प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसिराम चौधरिको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।

    सो अवसरमा उपप्रमुख चौधरी, जसपुर प्रहरी चौकिका ईन्चार्ज भरतनाथ योगी, समाजसेवी केदार आचार्य, प्रतियोगिताका संयोजक तथा वडा सदस्य शेषमणि भन्डारी, भलिबलका पुर्व खेलाडी टङ्क केसी, भरत आचार्य लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

    कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गर्नु भएको थियो ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप