• ट्रेण्डिङ्ग :
नेप्से कारोबारमा झिनो अंकको सुधार

नेप्से कारोबारमा झिनो अंकको सुधार


  • 6.6K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    नेप्से कारोबारमा झिनो अंकको सुधार

    काठमाडौं, २३ फागुन। साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ। नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ।

    images

    आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो। नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन्। 

    आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ। कारोबार रकममा पनि केही सुधार आएको छ। 

    सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ। आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ। आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो। 

    सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन्।

     


    तेस्रो आँखा