नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने


  • 9.7K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं, २४ फागुन। नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    images

    नेपालले थाइल्याण्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ ।

    यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

    उक्त खेल मार्च २७ मा हुनेछ ।

    दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

    एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

    छनोटमा नेपाल  समूह ए मा रहेको छ।

    नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

    नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । 

    एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।

    हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

    छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

    नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

    दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

    नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध  खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप