ब्वाइज युनियनमाथि झम्सिखेलको जित

ब्वाइज युनियनमाथि झम्सिखेलको जित


  • 5.6K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    ब्वाइज युनियनमाथि झम्सिखेलको जित

    काठमाडौं, २४ फागुन। सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ।

    images

    एन्फा कम्प्लेक्समा मंगलबार ब्वाइज युनियनलाई तीन एक गोल अन्तरले हराउँदै झम्सिखेलले पहिलो जित निकालेको हो ।

    खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता दुई शुन्य को बनाए ।

    खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता तीन शुन्य को बनाए ।

    त्यसपछि खेलको ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल फर्काए पनि झम्सिखेल तीन एकले विजयी भयो ।

    जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ ।

    ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।

    लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    शीर्ष दुई टोली एु लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप